२०८१ जेठ ७, सोमवार , ०१:३०:५० बजे

Sajhamanch
'

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा भट्टराई

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् ।

सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन् । ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’, अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’मा सनिशाले अभिनय गरेकी छन् । यीसहित दर्जनौं गीतमा अभिनय गरेकी भट्टराई अहिलेकी ब्यस्त म्युजिक भिडियो एक्ट्रेस हुन् ।‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भट्टका छोरा समीर पनि मुख्य भूमिकामा तय भैसकेका छन् । डेब्युको हिसाबले सनिशा र न्यान्सीका लागि ‘१२ गाउँ’ महत्वपूर्ण हुने अपेक्षा छ ।यो एक्सन–थ्रीलर फिल्मको छायांकन नेपाल र भारतमा हुने तयारीमा छ ।