२०८१ वैशाख २६, बुधवार , ०३:५७:५२ बजे

Sajhamanch
'

समृद्धि दिदीभाइ कृषि फर्मलाई ज्ञानकेन्द्रद्वारा ढुवानीको साधन खरिदमा अनुदान

शनिवार, वैशाख १५, २०८१

झापा । कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा अभाव झेलिरहेको यहाँको एक कृषि फरर्मलाई कृषि ज्ञान केन्द्र झापाले अनुदानमा सवारी उपलब्ध गराएको छ । झापा गाउँपालिका वडा नं. ६ स्थित समृद्धि दिदीभाइ कृषि फर्मलाई उक्त सवारी साधन हस्तान्तरण गरेको हो ।

व्यवसायिक केरा खेतीका लागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरगत सो फर्मलाई ५० प्रतिशत अनुदानमा उक्त साधन प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए । उत्पादित केराको बजारीकरणमा सहयोग पुर्याउन पिकअप गाडी सहयोग गरिएको उनको भनाई छ ।

दिदीभाइ कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरी कूल १६ लाख रुपैयाँमा खरिद गरिएको उक्त पिकअप गाडी संक्षिप्त कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्य तथा समृद्धि दिदीभाई कृषि फर्मका अध्यक्ष पूजा खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थितहरुलाई वडा नम्बर ६ का वडाध्यक्ष नबिनकिशोर थापाले शाब्दिक स्वागत गरेका थिए ।

सवारी हस्तान्तरण कार्यक्रममा ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारी, अचार उद्यमी दिनानाथ शिवाकोटी लगायतले मन्तब्य राखेका थिए । सो फर्मले झापा गाउँपालिकाको ६ र ७ नम्बर वडामा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।

कार्यक्रममा कार्यवाहक पालिका अध्यक्ष थपलियाले पनि दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले योजनाहरु निर्माण गरिेको दाबी गरिन् ।

कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा उपलब्धता नुहंदा समस्या भइरहेको बताउंदै यस्ता किसिमका सहयोगले कृषकलाई राहत मिल्ने फर्मका सदस्य तथा त्यस क्षेत्रका अगुवा कृषक चन्द्र बस्नेतले बताए ।

अगुवा युवा कृषक चन्द्र बस्नेतको प्रेरणाले अहिले सो क्षेत्रमा सयौं बिघा क्षेत्रफलमा व्यवसायीक केरा खेती हुंदै आएको जनाइएको छ ।

सम्बन्धित खबर