२०८१ वैशाख २३, आइतवार , ०३:३८:१० बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित, हैदरावादलाई ३५ रनले हरायो

शुक्रवार, वैशाख १४, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।हैदरावादका लागि सहवाज अमेदले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । उसका विराट कोहलीले ५१ रन बनाए । रजत पाटिदारले ५० रन जोडे । हैदरावाद ८ खेलमा १० अङ्कसहित अङ्क तालिकको तेस्रो स्थानमा छ । बैंगलुरु ९ खेलमा ४ अङ्कका साथ पुछारमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्स खेल्दैछन् । कोलकोत्ताको घरेलु मैदान इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।

सम्बन्धित खबर