२०८१ वैशाख २३, आइतवार , ११:२१:२७ बजे

Sajhamanch
'

अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत

बुधवार, वैशाख १२, २०८१

वाशिङटन डीसी । अमेरिकाको माथिल्लो सदन सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलर बराबरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्ने अनुमान गरिएको छ । यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्टाइएको छ । युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने पेन्टागनले बताएको छ ।

यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो । यो प्रस्ताव अहम् भएको अनि यसबाट अमेरिका र विश्व पहिले भन्दा पहिले भन्दा सुरक्षित हुने बाइडेनले बताएका छन् । आफूहरूले हमास जस्ता आतंकवादी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग आफूलाई बचाउन लडिरहेका मित्र देशहरूलाई मद्दत गर्ने पनि उनले बताए ।

यस प्याकेजमा इजरायललाई २६ अर्ब ४० करोड डलरको सैन्य सहायता दिइएको छ । यसमध्ये ९ अर्ब १ करोड डलर गाजामा मानवीय सहायताको लागि छुट्टाइएको बताइएको छ ।

सम्बन्धित खबर