२०८१ वैशाख २४, सोमवार , ०३:४१:३६ बजे

Sajhamanch
'

कतारका अमिर पर्सि मङ्गलवार नेपाल आउँदै

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुहुने भएको छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताउनुभयो ।

कतारी अमिर आज एशियाली देशको औपचारिक भ्रमणमा निस्कने र त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले जानकारी दिनुभयो । राजदूत अल अन्सारीकाअनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ ।

सम्बन्धित खबर