२०८१ वैशाख २१, शुक्रवार , ०२:५७:३१ बजे

Sajhamanch
'

झापामा लागुऔषधसहित ४ जना पक्राउ

शुक्रवार, वैशाख ७, २०८१

झापा। झापाका विभिन्न स्थानबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बुद्वशान्ति गाउँपालिका–१ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका–१० का २४ वर्षीय विक्रम राजवंशी र सोही ठाउँका २२ वर्षीय विशाल लिम्बु, मेचीनगर–१२ का २२ वर्षीय नेत्र बहादुर राईलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर र नगद १२ हजार ४६० रुपैयाँ बरामद गरेको छ ।

सम्बन्धित खबर