२०८१ जेठ ४, शुक्रवार , १२:२५:२७ बजे

Sajhamanch
'

अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् ।

यो सङ्ख्या गएको वर्षको तुलनामा १२ दशमलव ७६ प्रतिशतले धेरै हो । यस्तै कोभिड–१९ महामारी शुरु हुुनुभन्दा अघि सन् २०१९ को अप्रिलमा भन्दा यो वर्षको अप्रिलमा झन्डै दुई हजार जनाभन्दा धेरै पर्यटक आएका बोर्डले जनाएको छ । यसरी हेर्दा पछिल्लो पाँच वर्षका अप्रिलमध्ये यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक आएका छन् ।

अप्रिलमा सबैभन्दा धेरै भारतबाट ३० हजार एक सय ५८ जना पर्यटक भित्रिएका छन् । यस्तै अमेरिकाबाट नौ हजार नौ सय ४७, चीनबाट नौ हजार सात सय ५०, बेलायतबाट पाँच हजार तीन सय ९१, अस्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रुसबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यो अङ्ग्रेजी वर्षको जनवरीमा ७९ हजार एक सय जना, फेब्रुअरीमा ९७ हजार चार सय २६ जना, अप्रिलमा एक लाख २८ हजार एक सय ७६ जना पर्यटक नेपाल आएका थिए । यसरी सन् २०२४ को चार महिनामा चार लाख १६ हजार ७८ जना पर्यटकको आगमन भएको छ ।

सम्बन्धित खबर