२०८१ जेठ ४, शुक्रवार , ११:५७:५२ बजे

Sajhamanch
'

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २१० रनको लक्ष्य

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै नट आउट ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८, पबेन एलेनले नट आउट ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए ।

पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ २–१ ले अघि छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज ‘ए’ टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

सम्बन्धित खबर