२०८१ जेठ ४, शुक्रवार , ०३:२१:३६ बजे

Sajhamanch
'

जागिर लगाइदिने भन्दै गेस्ट हाउसमा लगेर बलात्कार गरेको जाहेरी

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो ।

प्रदेश निर्माण सेवा प्रालिका संचालक शर्मा एमालेसम्वद्ध खेलकुद महासंघका कोषाध्यक्ष समेत हुन् । उनले जागिर लगाइदिने भनेर बोलाएको र ठमेलको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

घटना बुधबार दिउँसोको हो । बलात्कार भएलगत्तै पीडित किशोरी प्रहरी वृत्त पुगेकी थिइन् । पीडित किशोरीको शरीरमा चोट समेत लागेको पाइएपछि जाहेरी परेपछि दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दियो ।

सम्बन्धित खबर