२०८१ जेठ ३, बिहिवार , ०६:५२:५० बजे

Sajhamanch
'

बिर्तामोडबाट लागुऔषधसहित दुई जना पक्राउ

बिहिवार, वैशाख २०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार बिर्तामोड नगरपालिका–३ पञ्चकन्याटोल स्थित गणेश ढुङ्गानाको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको संयुक्त टोलीले ढुङ्गानाको घरबाट भारत रोए सरानी चम्पाडाँगी वेष्ट बंगालका २५ वर्षीय सन्नी साह र बिर्तामोडकी करिब २२ वर्षीया मनिसा राईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई शंकाष्पद अवस्थामा कोठाभित्र फेला पारी चेकजाँच गर्दा सन्नी साहले बोकेको पर्स भित्र विभिन्न दरको नेपाली नोट १६ हजार ३६५, भारु ३ हजार ९६०, भिभो कम्पनीको मोबाइल १ थान, निजले हातमा बोकी राखेको अवस्थामा लागु औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लाष्टिकरहित ७ ग्राम ६० मिलिग्राम रहेको र मनिसा राईको साथबाट साममसुङ कम्पनीको मोबाइल १ थान, रेडमी मोबाइल १ थान र सानो लेदरको कालो चेन लगाउन मिल्ने थैली १ थान भित्र ब्लेटको टुक्राहरु, जलेको अवस्थाको नेपाली १० को नोट, स्टिल पेपेर समेत फेला परेको हुँदा दुवै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर