२०८१ कार्तिक १९, सोमवार , १०:३४:५३ बजे

Sajhamanch
'

निर्माण व्यवसायी संघ झापाको साधारणसभा स्थगित

शुक्रवार, चैत ७, २०७६

बिर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४औं चुनावी साधारणसभा स्थगित भएको छ ।

नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गतेलाई तय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा हालै बसेको कार्यसमितिको आकस्मिक बैठकले साधारणसभा हाललाई स्थगित गर्ने निर्णय ग।रेको हो ।

अहिलेको समय प्रतिकूल भएको र पूरै देश कोरोनाको जोखिम नियन्त्रण गर्न जुटेको बेला निर्माण व्यवसायीहरु पनि कारोनाविरुद्धको अभियानमा जुट्न थालेको बताउँदै अध्यक्ष बस्नेतले सबै तयारी पूरा भए पनि साधारणसभा तत्कालका लागि स्थगित गरिएको बताए ।

संघमा हाल झण्डै २५० सदस्य रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

यो चुनावी साधारणसभा पनि भएकोले ७ गते साधारणसभाको उद्घाटन र ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम तय गरिएको थियो । संघले साधारणसभा सफल बनाउन मूल समारोह समितिलगायत विभिन्न उपसमितिसमेत गठन गरेको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह आउने निश्चत भएको थियो ।

सम्बन्धित खबर