२०८१ मंसिर १०, सोमवार , ०९:१०:४९ बजे

Sajhamanch
'

चिकित्सकले रुवाउन खोजे, रिसाइन् नवजात शिशु !

मङ्गलवार, फागुन १३, २०७६

एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन ।

यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो । १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन् । नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन् ।

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो ।तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।

डेलीमेलका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन् । नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ ।

रोड्रिगाका अनुसार शिशु जन्मेपछि रोएकी थिइनन् । चिकित्सकले शिशुलाई रुवाउन कोशिस गरेका थिए । चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन् । तर उनी रोएकी थिइनन् । चिकित्सकले उनलाई आग्रह गर्दै भनेका थिए, ‘रोउ न ईशा’ । यसपछि शिशुले आफ्नो अनुहार गम्भीर बनाइन् ।

नाभी काटेपछि भने उनी रुन थालिन् ।

सम्बन्धित खबर