२०८३ जेठ १७ आइतवार , ११:५५:२४ बजे

Sajhamanch
'

बजेटबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री

आइतवार, जेठ १७, २०८३

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ननु हुने भएको छ ।

आज दिउसो सिंहदरबार स्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा अन्तर्क्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिनुभयो ।

शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

सम्बन्धित खबर