२०८३ जेठ १५ शुक्रवार , ०८:२९:३७ बजे

Sajhamanch
'

काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल चौथो

शुक्रवार, जेठ १५, २०८३

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो ।

योसँगै भारतले तेस्रो स्थानमा रहेर कांस्य पदक जितेको छ । नेपाल चौथो स्थानमा रह्यो । घरेलु मैदानमा आयोजना भएका पछिल्ला ३ प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो ।

प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो साढे ४ बजे इरान र काजकिस्तान खेल्दैछन् । हिजो भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए ।

सम्बन्धित खबर