२०८३ जेठ १३ बुधवार , ०१:१२:०० बजे

Sajhamanch
'

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

बुधवार, जेठ १३, २०८३

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्स (नासा) ले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि आफ्नो महत्त्वाकाङ्क्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ । नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र गाडीहरूको विवरण नै सार्वजनिक गरेको हो ।

‘आर्टेमिस’ अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो । नासाको मुख्यालय वासिङ्टनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ ।

चन्द्रमामा मानिसले यात्रा गर्नु अघि, चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्यान्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ । नासाका अनुसार ‘मून बेस’ परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरण स् सन् २०२९ सम्म सञ्चालन हुनेछ, यो चरणमा रोबोटिक अन्वेषण र आवश्यक प्रविधिको परीक्षण गरिनेछ ।

दोस्रो चरणः सन् २०२९ देखि २०३२ सम्मको छ, यो अवधिमा प्रारम्भिक आवास प्रणालीका साथै ऊर्जा र सञ्चार पूर्वाधारको स्थापना गरिनेछ । तेस्रो चरण स् सन् २०३२ पछि शुरु हुनेछ । यो चरणमा चन्द्रमामा स्थायी रूपमा मानव उपस्थिति कायम गर्ने र चन्द्रमामा उपलब्ध स्रोत–साधनहरूको उपयोगका लागि प्रविधिलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

चीनले पनि सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरू तीव्र पारेको छ । उसले हालै ‘सियनझाउ–२३’ अन्तरिक्ष यानमार्फत तियानगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ ।

सम्बन्धित खबर