२०८३ जेठ १२ मङ्गलवार , ०२:५३:२७ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्रीको गुनासो : ‘हाम्रा हातखुट्टा बाधिँदैछन्’

मङ्गलवार, जेठ १२, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि प्रहार गरिरहेको गुनासो गर्नु भएको छ।

प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उहाँले प्रदेशको क्षेत्राधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको गुनासो गर्नु भएको हो ।

संघीय सरकारले केही दिनअघि नयाँ सवारी दर्ता नगर्न परिपत्र गरेको थियो । प्रदेशको क्षेत्राधिकार रहेको सवारीदर्तामा संघीय सरकारले एक्कासी हस्तक्षेप गरी दर्ता रोकेको उहाँले बताउनु भयो ।

‘यातायात प्रदेशको क्षेत्रधिकारमा पर्छ, संघीय सरकारले नयाँ दर्ता बन्द गर्यो, सल्लाहविना, यसले प्रदेशको आम्दानीमा प्रभाव पार्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा हातखुट्टा बाधिँदैछन् ।’

संविधानले नै दिएको अधिकार संघीय सरकारको परिपत्रका कारण प्रभावित भएको उहाँले बताउनु भयो । संघीय सरकारले प्रदेशका क्षेत्रधिकारका अन्य विषयमा पनि हस्तक्षेप गरिरहेको उहाँको भनाइ छ ।

मन्त्री र सचिवस्तरीय निर्णय भन्दै प्रदेश कानुन र संविधानको भावना विपरीत परिपत्र आइरहेका छन्, जसले गर्दा प्रदेश सरकार दबाबमा छ ।

संघीय सरकारले पठाएको परिपत्र कर्मचारीले सहजै मान्ने तर प्रदेशको कानुन कार्यान्वयनमा अटेरी गर्ने पारिपाटी देखिएको गुनासो मुख्यमन्त्रीले निकटस्थहरुसँग गरिरहनु भएको छ ।

सम्बन्धित खबर