२०८३ जेठ ११ सोमवार , ०८:१५:३७ बजे

Sajhamanch
'

पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च

सोमवार, जेठ ११, २०८३

काठमाडौं । पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन् । हर्मोन विशेषज्ञहरूका अनुसार १५ देखि २० प्रतिशत महिलामा थाइराइडको समस्या देखिन सक्छ, जबकि पुरुषमा यो दर ५ देखि ८ प्रतिशतमात्र छ ।

चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डा। सौरव खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढी हुने भएकाले यो रोग बढी देखिन्छ । थाइराइड घाँटीको अगाडि हुने एक सानो ग्रन्थी हो जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ । यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पच्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

थाइराइड हर्मोन बढ्दा आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाइ लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या आउन सक्छ ।

विज्ञहरूका अनुसार थाइराइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ । घाँटीमा गाँठो महसुस भएमा भने तुरुन्त अल्ट्रासाउन्ड गराउन उनीहरूको सुझाव छ ।

आज मे २५ तारिखमा विश्व थाइराइड दिवस मनाइँदैछ । यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइराइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर