२०८३ जेठ ११ सोमवार , ०२:३८:०६ बजे

Sajhamanch
'

थापाथली बस्तीको संरचना हटाइयो तर विस्थापितहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै

सोमवार, जेठ ११, २०८३

काठमाडौं । थापाथलीस्थित सुकुम्बासीमा डोजर चलाइएपछि अहिले पूर्णरुपमा संरचना हटाइएसकिएको छ। अहिले पनि यहाँ जमिन सम्माउने काम भइरहेको छ।

बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग रहेको छ।

मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन्। उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनुपर्छ।

महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी सौन्दर्य सुधारका लागि अभियान आवश्यक रहेको जनाएको छ। आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ।

थापाथली सुकुम्बासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ। पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ।