
काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले घटेकोमा आज १ हजार ९०० रूपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो १०५ रुपैयाँले घटेको चाँदीको भाउ आज १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १० रुपैयाँ थियो ।


