२०८३ जेठ ४ सोमवार , ०२:०७:२६ बजे

Sajhamanch
'

स्टार्कलाई पछि पार्दै सन्दीप बने ओडीआईमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी

सोमवार, जेठ ४, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा विश्व कीर्तिमान बनाएका छन् ।

२५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् । घरेलु मैदान कीर्तिपुरको त्रिवि रङ्गशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डसँगको खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले ७३ एकदिवसीय अन्तर्राष्ट्रियमा १५० विकेट लिएका हुन् । सन्दीपले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए ।

सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडी पनि हुन् । उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए ।

यसैबीच कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खला अन्तर्गत नेपालसँगको खेलमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।

सम्बन्धित खबर