२०८३ जेठ ४ सोमवार , ०१:४८:४२ बजे

Sajhamanch
'

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

सोमवार, जेठ ४, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए ।

यो खेलमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् ।

कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।

८ वटा देश सहभागी लिग–२ को तालिकामा नेपाल २६ खेलमा २० अङ्कसहित सातौँ स्थानमा छ । यस्तै स्कटल्यान्ड ३० खेलमा ३८ अङ्कसहित शीर्ष र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर