२०८३ जेठ ३ आइतवार , ०४:१३:५९ बजे

Sajhamanch
'

सशस्त्रकी सहायक हवलदार अनिता कार्कीद्वारा सगरमाथाको सफल आरोहण

आइतवार, जेठ ३, २०८३

काठमाडौं । सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले सगरमाथाको सफल आरोहण गर्नु भएको छ।

उहाँ आज जेठ ३ गते ( मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेको सशस्त्रका सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उहाँ तेस्रो सशस्त्र प्रहरी कर्मचारी हो भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल हुनुभएके छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी कार्कीले सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गर्नु भएको छ । साथै उहाँले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसक्नु भएको छ ।

फेन्सिङको राष्ट्रिय खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी हुन् । उहाँको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गर्नु भएको थियो ।

सम्बन्धित खबर