
सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३०० मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास गर्ने क्रममा ११ वटा बोरामा प्याक गरेर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।
बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो ।
प्रहरीले गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


