
काठमाडौं । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक पुलचौकका २८ वर्षीय जिमी अर्जुन विश्वकर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।


