
काठमाडौं । चीनको सान्यामा चलिरहेको छैटौँ एशियन ‘बिच गेम्स’ २०२६ अन्तर्गत महिला कबड्डीमा नेपाली टोली अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । नेपाल समूह ‘बी’ को विजेता बनेको हो ।
आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई ३८–३६ को अन्तरले हरायो । नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ र दोस्रो खेलमा थाइल्यान्डलाई ४९–३३ ले हराएको थियो ।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता श्रीलङ्कासँग खेल्नेछ । यो खेल अहिले दिउँसो सवा ३ बजे शुरू हुनेछ ।
यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को उपविजेता बङ्गलादेशले पनि आजै खेल्दैछन् ।


