२०८३ वैशाख १० बिहिवार , ११:१०:१४ बजे

Sajhamanch
'

सरस्वती माविको स्वर्णउत्सव तथा अभिभावक दिवस मनाइयो

बिहिवार, वैशाख १०, २०८३

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित सरस्वती माद्यमिक विद्यालयमा आज बिहीबार स्वर्ण वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

स्वर्ण वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा विभिन्न विधाका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

विद्यालयले उत्कृष्ट शिक्षकका रुपमा लोकबहादुर अधिकारी र कमला लम्जेललाई सम्मान गरेको छ । यस्तै, पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, शिक्षक अभिभावक समितिका पूर्व अध्यक्ष, पूर्व शिक्षकहरु लगायत विद्यालयलाई विभिन्न समयमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान र पुरस्कृत गरियो ।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक हिमप्रसाद खाहाल, शम्भु थापा, पूर्व शिक्षक धर्मराज पौडेल, ख्याम खनाल लगायतले स्वर्ण वार्षिक उत्सव तथा अभिभावक दिवस सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद रिजालले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलखबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक राजीब भण्डारीले गरेका थिए भने सहायक प्रधानाध्यापक रिना न्यौपानेले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर