२०८३ वैशाख १० बिहिवार , ०५:३४:१८ बजे

Sajhamanch
'

लगातार ४ दिन घटेर शेयर बजार २ हजार ८०० विन्दुमुनि झर्‍यो

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०१ अङ्कले घटेर २ हजार ७८७ दशमलव १५ विन्दुमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा होटल तथा पर्यटन समूहको सूचक झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज २१६ वटा कम्पनीको शेयर घटेकोमा ४६ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सबैभन्दा धेरै झन्डै १२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पाल्पा सिमेन्ट र शिखर पावरको शेयर भने १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर