
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ बिहीबारका लागि स्थगित भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा बिहीबार तय भएको सुनुवाइ स्थगित भएको हो ।
बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको पालो परेको थियो ।
मुद्दा संशोधनको निर्णयमाथि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएकोमा संयुक्त इजलासका दुई न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए ।
सर्वोच्च अदालतले त्यसपछि बिहीबार पहिलोपटक मुद्दाको सुनुवाइको मिति तय गरेको थियो ।


