२०८३ वैशाख ४ शुक्रवार , ०७:१६:४४ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम घट्यो

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १०८ वटा कम्पनीको शेयर बढेकोमा १५० वटाको घटेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट, रिज लाइन इनर्जीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एशियन हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीका १ करोड ८० लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर