२०८२ चैत ८ आइतवार , ०९:१७:५० बजे

Sajhamanch
'

राप्रपामा डा. लोहनीको आन्तरिक बिद्रोह, पदीय जिम्मेवारीबाट राजीनामा

आइतवार, चैत ८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तत्काल महाधिवेशनको माग गर्दै आफ्नो पदबाट आज राजीनामा दिनु भएको छ । उहाँले दिनु भएको राजीनामा पार्टी कार्यालयमा दर्ता पनि भइसकेको छ ।

प्रतिनिधिसभा निर्वाचनको कमजोर मत परिणामलाई लिएर नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीभित्र पुनर्गठनको बहस चलिरहँदा डा. लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि नेतृत्व परिवर्तनको आवाज उठाउनु भएको छ । डा. लोहनीले तत्काल महाधिवेशनको माग गर्दै पदबाट राजीनामा दिनु भएको पत्रमा उल्लेख छ ।

निर्वाचनमा पार्टी इतिहासकै कमजोर बनेको जनाउँदै उहाँले जिम्मेवारीबाट बाहिरिएको घोषणा गर्नुभएको छ । जनताको भावना र मर्मलाई आत्मसात गर्दै पार्टी पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने निचोड निकाल्दै डा. लोहनीले तत्काल महाधिवेशन गर्नुपर्नेमा जोड दिनु भएको छ ।

पार्टीका पूर्व अध्यक्षसमेत रहाु भएका उहाँले वर्तमान कार्यसमिति भङ्ग र आयोजक समिति बनाई महाधिवेशन गर्नुपर्ने माग गर्नु भएको छ । राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले हालैको निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिक तर्फ पनि विगतमा भन्दा कम मत प्राप्त गरेको अवस्था छ ।

सम्बन्धित खबर