२०८३ जेठ ६ बुधवार , ११:०१:२८ बजे

Sajhamanch
'

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति

बुधवार, जेठ ६, २०८३

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति एक्कासि आएको असिना–पानीसहितको बाढीले क्षति गरेको छ ।

एक विद्यालय, खेतीयोग्य जमिन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । विकट मानिने नेप्का क्षेत्रमा आएको बाढीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्‍याएको छ । मानवीय क्षति भए/नभएकोबारे विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ ।

घटनापछि मेल्छाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ । तर भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै ६ घण्टा लाग्ने अनुमान छ ।

क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ । हुम्ला सदरमुकाम सिमकोटबाट नेप्का उत्तर पूर्वमा पर्छ ।