२०८२ चैत ८ आइतवार , ११:५८:१६ बजे

Sajhamanch
'

इरानी आक्रमणबाट अमेरिकी सैन्य अखडामा ८० करोड डलरको क्षति

आइतवार, चैत ८, २०८२

काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको हो ।बीबीसी र सेन्टर फर स्टर्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजको संयुक्त विश्लेषणका अनुसार, यो क्षति पहिले गरिएको अनुमानभन्दा धेरै बढी रहेको र यसले अमेरिकाका लागि युद्धको लागत लगातार बढ्दै गएको संकेत गरेको बताइएको छ ।

कुल क्षतिको ठूलो हिस्सा युद्धको पहिलो हप्तामा इरानले गरेको जवाफी हमलामा भएको रिपोर्टमा उल्लेख छ । अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए ।सेन्टर फर स्टर्याटेजिक एन्ड इन्टरनेसनल स्टडिजका सल्लाहकार तथा रिपोर्टका सह–लेखक मार्क क्यान्सियनका अनुसार, क्षेत्रमा अमेरिकी अखडाहरूको क्षतिलाई कम आकलन गरिएको र वास्तवमा अझ बढी हुन सक्ने बताइएको छ ।

राडार र उपग्रह प्रणालीमा निसाना स् युद्धको लागत बढ्यो
विश्लेषणका अनुसार, इरानले युद्धको सुरुदेखि नै राडार र उपग्रह प्रणालीलाई निसाना बनाएको छ, जसलाई आधुनिक सैन्य अभियानको ‘आँखा र कान’ मानिन्छ ।बहराइनस्थित अमेरिकी नौसैनिक अखडामा भएको आक्रमणमा दुईवटा ‘रेडोम’ अर्थात् संवेदनशील उपकरणहरूलाई ढाक्ने संरचनात्मक कवच नष्ट भएको प्रमाण स्याटेलाइट तस्बिरहरूमा भेटिएको छ । यसले भित्र रहेका प्रणालीहरू पनि क्षतिग्रस्त भएको संकेत गर्छ ।कुवेतको क्याम्प आरिफजान र साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा पनि राडार प्रणालीलाई निसाना बनाइएको छ । यसले युद्धको मर्मत र सञ्चालन लागत ह्वात्तै बढाएको बताइएको छ ।

यसबाहेक, भवनहरू, सुविधाहरू र अन्य सैन्य संरचनाहरूमा भएको क्षतिको अनुमान करिब ३१ करोड डलर गरिएको छ । स्याटेलाइट तस्बिरको विश्लेषणबाट के पनि खुलेको छ भने इरानले कुवेतको अली अल–सलीम बेस, कतारको अल–उदिद र साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा एकभन्दा बढी पटक आक्रमण गरेको थियो । यसले इरानले विशेष अमेरिकी सैन्य स्रोतहरूलाई व्यवस्थित तरिकाले निसाना बनाइरहेको संकेत गर्ने बताइएको छ ।रिपोर्टमा रुसले इरानलाई अमेरिकी सैन्य गतिविधिहरूसँग सम्बन्धित खुफिया जानकारी साझा गरेको र जसका कारण इरानी आक्रमणहरू अत्यन्तै सटिक हुन पुगेको बताइएको छ । एजेन्सी

सम्बन्धित खबर