२०८२ चैत ७ शनिवार , ०८:३०:०१ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप क्रिकेट : पहिलो दिनका दुवै खेल वर्षाका कारण रद्द

शनिवार, चैत ७, २०८२

जनकपुरधाम । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार (चैत ७)का निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस दिन प्रतियोगिताको उद्घाटन खेल धनुषाको जनकपुरधाममा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो ।जनकपुरधाममा मधेस र कोसी प्रदेशबीचको खेल सुरु नहुँदै रद्द गरिएको छ । वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षापश्चात् रद्द गरिएको आयोजकले जनाएको छ ।

दुवै खेल रद्द भएपछि चारै टिमले एकरएक अंक पाएका छन् ।शुक्रबार (चैत ६) हावाहुरीसँगै वर्षा भएपछि जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा पानी भनिएको थियो । शनिबार बिहानैदेखि पानी हटाउने काम गरिए पुनः वर्षा भएपछि खेल रद्द गरिएको हो । खेल रद्द भए पनि उद्घाटनसत्र सञ्चालन गरिएको थियो ।यस्तै, वीरगन्जमा कर्णाली र लुम्बिनीबीचको खेल सुरु भएकामा ७ ओभरमा वर्षाका कारण रोकिएको थियो । त्यति बेलासम्म कर्णालीले २० रन बनाएको थियो । पुनः पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको हो ।

आइतबार (चैत ८) जनकपुरधाम र वीरगन्जमा खेल नहुने तालिका छ ।सात प्रदेश र तीन विभागीय टिम सहभागी यो प्रतियोगिता यसपटक मधेस प्रदेशको जनकपुरधाम र वीरगन्ज तथा काठमाडौंमा हुँदै छ । अंकतालिकाको शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ । फाइनल खेल पर्साको वीरगन्जमा हुने तालिका छ ।

सम्बन्धित खबर