
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा र सिन्धुपाल्चोककै लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
चाइना साउथेनको उडानमार्फत हिजो काठमाडौंबाट चीनको ग्वाङझाउ जान लागेका उनीहरू डलरसहित पक्राउ परेका हुन् । प्रहरीले अनिता र सङ्गीताको साथबाट १०/१० हजार तथा विनोदको साथबाट ८ हजार ९०० डलर बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान एवम् कारबाहीका लागि ललितपुरको पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको छ ।


