२०८२ चैत ३ मङ्गलवार , ०४:५५:४८ बजे

Sajhamanch
'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो गाँजासहित २ भारतीय पक्राउ

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् ।

करिब ३ किलो १६० ग्राम सहित २ जना भारतीय नागरिकहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसफ रहेका छन् ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा अब्दुलको साथबाट २ किलो १०० ग्राम र रिजवानको साथबाट १ किलो ६० ग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।