२०८२ चैत ३ मङ्गलवार , ०३:५३:१९ बजे

Sajhamanch
'

हावाहुरी र असिना पानीका कारण कोशी प्रदेशका विभिन्न पाँच जिल्ला प्रभावित

मङ्गलवार, चैत ३, २०८२

विराटनगर । सोमबार चलेको हावाहुरी र असिना पानीका कारण कोशी प्रदेशका विभिन्न पाँच जिल्लामा जनजीवन प्रभावित भएको छ ।

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भौतिक क्षति भएको हो ।

ती जिल्लाका २१ स्थानमा हावाहुरीले करिब १ करोड ४५ लाख ६० हजार रुपैया बढिको भौतिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ताप्लेजुङमा १० स्थानमा भौतिक क्षति भएको जनाएको छ । हावाहुरीबाट सकारी भचन, सर्वसाधारणको घर, विद्यालयदेखि टहरासम्ममा क्षति पुगेको बताइएको छ ।

सोही कारण रुख ढलेर धनकुटाको सल्लेरीमा अबरुद्ध भएको कोशी राजमार्ग १० घण्टापछि खुल्ला भएको छ ।

सम्बन्धित खबर