२०८२ चैत २ सोमवार , ०६:१६:४३ बजे

Sajhamanch
'

राष्ट्रिय लिगमा पुलिस र सातदोबाटोको खेल बराबरी

सोमवार, चैत २, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा पुलिस र सातदोबाटोले २–२ गोलको बराबरी खेलेका हुन् ।

अहिले दशरथ रङ्गशालामा लालिगुँरास एसोसियसन र प्लानिङ बोइज युनाइटेडको खेल चलिरहेको छ । आजै बेलुका मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका छन् ।

सोमवार, चैत २, २०८२ | खेलकुद