
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ वटु घर भई काठमाडौंको नागर्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठमाथि सर्वोच्च अदालतले २०८१ सालको भदौ ५ गते बैंकिङ कसूर मुद्दामा सजाय र जरिवाना तोकेको थियो ।
श्रेष्ठलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो ।


