२०८२ चैत १ आइतवार , ०१:४६:२२ बजे

Sajhamanch
'

बिर्तामोडमा होटल कामदारमाथि छुरा प्रहार, दुई जना पक्राउ

आइतवार, चैत १, २०८२

झापा । झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार भएको हो।

दमक–७ स्थायी ठेगाना भएका लिम्बू सोही होटलमा काम गर्दै आएका थिए।

घटनाको विवरण अनुसार, ‘मेरो दिदीसँग किन बोलिस् ?’ भन्दै विवाद गरी उनीमाथि तरकारी काट्ने छुरा प्रहार गरिएको थियो।

छुरा प्रहारबाट लिम्बूको बायाँ खुट्टाको तिघ्राको पछिल्लो भागमा चोट लागेको छ। घाइते लिम्बूको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

छुरा प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मेचीनगर–१० बस्ने ३१ वर्षीय धिरज गुरुङ र १७ वर्षीय विशाल चौधरी रहेका छन्।

उनीहरूलाई बिर्तामोड–१ स्थित बाल्मीकि स्कुल नजिकै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएको हो। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

सम्बन्धित खबर