
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज शनिबारका लागि बोलाइएको रास्वपाले जनाएको छ। समानुपातिक तर्फको ५७ सांसद सिफारिसका लागि बैठक बोलाइएको हो ।
पार्टी सभापति रवि लामिछानेको निर्देशन बमोजिम बैठक बोलाइएको, समय र स्थान सभापति कै अनुकूलता हेरेर तय गरिने बताइएको छ। सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण समय र स्थान तोक्न नसकिएको रास्वपाका नेताहरूले बताएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फको सांसद छान्न आइतबारसम्मका लागि समय तोकेको छ।


