
काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टलमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको सन्दर्भमा नेपालीको उद्धार तथा सहायताका लागि विभागले फागुन १८ गतेदेखि यो पोर्टल सञ्चालनमा ल्याएको हो ।
अहिले पनि पोर्टलमा विवरण दर्ता गर्ने क्रम चलिरहेको विभागका महानिर्देशक दुपर्दा सापकोटाले जानकारी दिनुभयो । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ले समस्यामा परेका नेपालीसँग सम्पर्क गर्न सम्बन्धित नियोगलाई निर्देशन दिएको छ ।
५ हजारभन्दा बढी नेपालीले समस्यामा परेको जानकारी गराएका छन् । मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रही कानुनविपरीत फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड वा आदानप्रदान नगर्न आग्रह गरेको छ ।


