२०८३ वैशाख २६ शनिवार , ०८:१०:१७ बजे

Sajhamanch
'

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै, अनिवार्य सहभागी हुन निर्देशन

शनिवार, वैशाख २६, २०८३

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ।रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका हुन्।आचार्यले पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने बताएका छन्। प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको छ।

सम्बन्धित खबर