
काठमाडौं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली हिजो भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
भोलिदेखि आउँदो शुक्रवारसम्म हुने प्रतियोगितामा तीन पुरुष खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्नेछन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४०० मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।
टोली प्रमुखमा राष्ट्रिय पारा एथ्लेटिक्स सङ्घ नेपालका सचिव साङ्बु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय पारा एथ्लेटिक्स सङ्घ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।


