२०८२ फागुन २५ सोमवार , ११:३१:११ बजे

Sajhamanch
'

समानुपातिकमा ७५ प्रतिशत मतगणना सम्पन्न : कुन दलको कति मत, कति पाउलान् सिट

सोमवार, फागुन २५, २०८२

काठमाडौं । निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले समानुपातिक सिट विभाजन हुने भएको छ । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममा नै छ ।

करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ । जुन करिव साढे ४८ प्रतिशत हो । शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउनेछ ।

कांग्रेसले १२ लाख ३३ हजार मत पाएको हो । २० सिट पाउने उसको मत साढे १६ प्रतिशत हो ।

एमालेले १० लाख ४३ हजार मत पाएको छ । करिव १४ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ ।

नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ३५ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।

राप्रपाले २ लाख ५७ हजार मत पाएको छ । साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ ।

श्रम संस्कृति पार्टीको २ लाख ३९ हजार मत छ । तीन प्रतिशतभन्दा कही बढी मत पाएको उसको ४ सिट पाउने देखिन्छ ।

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ ।

राप्रपा र श्रम संस्कृति पार्टी बाहेक अरुले त्यो सीमा अहिले नै कटाइसकेका छन् ।

सम्बन्धित खबर