२०८२ फागुन २३ शनिवार , ०९:२८:२३ बजे

Sajhamanch
'

राप्रपाबाट पहिलो जीत जुम्लामा ज्ञानेन्द्र शाहीले दिलाए

शनिवार, फागुन २३, २०८२

जुम्ला । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा जारी मगतणनामा राप्रपाले पहिलो जीत निकालेको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका हुन् ।

उनले १४ हजार ८१६ मत प्राप्त गरे । नेकपाका नरेश भण्डारीलाई उनले ३ हजार १८१ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे ।

कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३, एमालेका शान्तिलाल महतले ४ हजार ५१८, रास्वपाकी विनिता कठायतले ४२१, नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४००, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत प्राप्त गरे ।

कुल ७१ हजार ७३९ मतदाता रहेका जुम्लामा ४० हजार ८३९ मत खसेको थियो भने अन्तिम मत परिणाम आउँदा १ हजार ७०० मत बदर भएको निर्वाचन अधिकृचको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर