२०८२ फागुन १८ सोमवार , ०६:०४:५४ बजे

Sajhamanch
'

इरानी ड्रोन आक्रमणमा यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ

सोमवार, फागुन १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । यूएई सरकारले त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो ।

आबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको ज्यान गएको बताइएको छ । त्यहाँ श्रेष्ठसहित तीन जनाको ज्यान गएको यूएईको विदेश मन्त्रालयले जनाएको छ । परिस्थिति सहज भएपछि श्रेष्ठको शव स्वदेश फिर्ता पठाउने नेपाली दूतावासले जनाएको छ ।