२०८२ फागुन १७ आइतवार , ०३:२०:३५ बजे

Sajhamanch
'

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो– ‘भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्नू’

आइतवार, फागुन १७, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ ।

आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा सूचनामार्फत सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै माध्यमबाट हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न सचेत गराएको हो ।

यूएईमा रहेका सम्पूर्ण नेपालीलाई त्यहाँको कानून पालना गर्न र विपरीत कार्य भएमा कानूनबमोजिम दण्डनीय हुने चेतावनी यूएईका आधिकारिक निकायबाट जारी भएको उल्लेख गरेको छ ।

दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न, गरेको भए हटाउन भनेको छ । यस्ता क्रियाकलाप नरोकिए डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने त्यहाँको प्रहरीले चेतावनी दिएको छ ।