
विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशन यही माघ २५ गतेबाट बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
माघ २५ गतेबाट सुरु हुने गरी बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएर ध्वस्त पारिएपछि सचिवालय कटहरीस्थित कृषि भवनमा सारिएको छ ।
सोही भवनमा प्रदेशसभा बैठक राख्ने सरकारले बताउँदै आएको भए पनि अहिलेसम्म संरचना निर्माण नगरेकोले वीरेन्द्र सभागृहमा बैठक बस्ने उहाँले बताउनु भयो ।
विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृह जेनजी आन्दोलनको क्रममा सुरक्षित रहेको थियो । सोही सभागृहमा प्रदेशसभा बैठक राख्ने निर्णय भएको उहाँले बताउनु भयो।


