२०८२ माघ १३ मङ्गलवार , ११:२४:५४ बजे

Sajhamanch
'

सिम्रिक साकोसद्वारा गौरीगञ्जमा स्वास्थ्य शिविर, २६० ले लिए सेवा

मङ्गलवार, माघ १३, २०८२

गौरीगञ्ज । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जीबारीस्थित बालकल्याण माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

संस्थाका आईटी सहायक विजय पाण्डेका अनुसार आँखा, नाक, कान र घाँटीको एक दिवसीय निःशुल्क शिविर सम्पन्न गरिएको हो ।

दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आँखा जाँचतर्फ १८७ जना विरामीको परीक्षण गरिएकोमा सोमध्ये ३२ जनालाई मोतिविन्दु भएको पाइएको थियो ।

उनीहरुई सहुलियत दरमा शल्यक्रिया गराउने गरी अस्पता रिफर गरिएको संस्थाका जनसम्पर्क अधिकारी विजय बस्नेतले जानकारी गराए ।

जम्मा २६० जनाले सेवा लिएको सो स्वास्थ्य शिविरमा नाक, कान र घाँटीतर्फ ७३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

 

सम्बन्धित खबर