२०८२ माघ ११ आइतवार , ११:१९:३३ बजे

Sajhamanch
'

लोकतन्त्र पोष्टको नयाँ म्यागेजिनमा झापाका पौरखी जेनजीको सफलताको कथा पस्किइयो

आइतवार, माघ ११, २०८२

बिर्तामोड । झापाबाट सञ्चालन भइरहेको लोकतन्त्र पोष्ट डटकमको म्यागेजिन संस्करणको नवौं अंक पौरखी जेनजी लोकार्पण गर्दै उनीहरुलाई सम्मान गरिएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले बिर्तामोडमा आज विशेष कार्यक्रमको आयोजना गर्दै म्यागेजिनमा सामग्री प्रकाशित भएका पौरखी जेनजीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र गिरी, अग्रज सञ्चारकर्मीहरु तथा पौरखी जनजीहरुको हातबाट म्यागेजिनको लोकार्पण गरिएको हो । १५ जना पौरखी जेनजीहरुको कथा म्यागेजिनमा लेखिएको छ । १५४ जना पौरखी जेनजीहरुबाट छनौट गरिएका मध्ये विभिन्न क्षेत्रमा क्रियाशिल १५ जनालाई म्यागेजिनले पौरखी जेनजीको उपमा दिँदै उनीहरुको सफलताको कथा लेखिएको छ ।

जेनजीहरुबाट प्रेरणा प्रदान गर्न र सकारात्मक धारणा सञ्चार गर्न म्यागेजिनमा उनीहरुको सफलताको कथा लेखिएको प्रधान सम्पादक मोहन काजी न्यौपानेले जानकारी दिए । उनका अनुसार कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराँते खेलाडी कृपा चापागाई, डा. चेवनराज कार्की, गायिका रचना रिमाल, नवप्रवर्तक सबिन बाँस्कोटा, गायक–कलाकार अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियान्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम ढकाल, फुटबलर अनन्त तामाङ, अभियान्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, नवप्रवर्तन राहुल विष्ट÷तेज मगर÷उत्सव दाहाल र कला तर्फ मनिषा राजवंशीको सफलताको कथा लेखिएको छ ।

प्रमुख अतिथि गिरीले लोकतन्त्र पोष्टले युवाहरुमा भएको संभावनालाई बाहिर ल्याएको बताउँदै युवाहरुको पौरखले समाजलाई प्रेरणा मिल्ने धारणा राखे । युवा पुस्ताले समस्या देख्दा निराश नभई समाधानको बाटो खोज्नुपर्छ, गिरीले भनेका थिए ।

काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिको अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पौरखी जेनजी सम्मानबाट सम्मानित स्वेता बुढाथोकी, डा.चेवनराज कार्की, प्रधान सम्पादक मोहन काजी, कार्यकारी सम्पादक दामोदर ढुंगेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण केशव भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर